arrow

ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध उजुरी दिँदै ईयू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सङ्घ(ईयू) ले मङ्गलबार सङ्घबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ । 

युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरूद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ । 

“ ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने । 
 
“ यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ  र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं”, गिलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ