arrow

नेपालीले बाह्रै महिना खुशी र सुख पाएको हेर्ने चाहना पूरा नहुनु दुःखद –पूर्वराजा शाह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
xking-gyanendra-shah-.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीले बाह्रै महिना खुशी र सुख पाएको हेर्ने चाहना पूरा नभएको भन्दै दुःख व्यक्त गरेका छन् । 

विजया दशमीको शुभकामना दिँदै शाहले खुशी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुशी र सुख प्राप्त गरेको हेर्ने चाहना पूरा हुन नसक्दा दुःख लाग्नु स्वभाविकै भएको बताएका हुन् । 

‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छाडेका थियौँ, तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ’ शाहको शुभकामना सन्देशमा भनिएको छ । 

‘भू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरु बीचको तनाव र स्वयं घोषित नवशक्तिहरुको अहम्ता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल शान्त राष्ट्रको रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ । यस दिशातर्फ हामी सबैको राष्ट्रिय संकल्प हुनै पर्दछ’, सन्देशमा भनिएको छ । 

पूर्वराजाले नेपालका बारेमा नेपालीहरु नै निर्णायक हुनुपर्नेमा जोड दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ