arrow

बडादशैँको मुखमा एकैदिन एक हजारले घट्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बडादशैँको मुखमा सुनको भाउ घटेको हो । 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ