- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छिन् ।
यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए ।
बुधबार चौधरीले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
लुम्बिनी कांग्रेसमा आपसमा असन्तुष्टि ब्याप्त रहेको छ ।