arrow

हिजबुल्लाह र इजरेली सेनाबीच द्वन्द्व हुँदै गर्दा बाइडेन–नेतान्याहू वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ । हिजबुल्लाह लडाकू र इजरेली सेनाबीच लेबनान–इजरेल सीमामा गोलीबारी हुँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच बुधबार वार्ता हुने तयारी भइरहेको छ ।

हिजबुल्लाहले आफ्ना लडाकूहरू दक्षिणी लेबनानमा इजरेली सेनासँग झडपमा उत्रिएको बताएको छ । उनीहरूले रकेट प्रक्षेपण हतियार प्रयोग गरेर इजरेलको सीमा उल्लङ्घन गर्ने प्रयासलाई रोक्न खोजेको बताएका छन् । 

अधिकारीहरूका अनुसार उत्तरी इजरेलको किर्यात शमोनामा संदिग्ध हिजबुल्लाह रकेट आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने इजरेली हवाई सुरक्षाले तटीय सहर कैसरियातर्फ प्रक्षेपण गरिएको दुई क्षेप्यास्त्रलाई रोकेको छ । 

लडाइँ जारी रहँदा नेतान्याहूले लेबनानले ‘गाजामा देखिएजस्तै लामो युद्ध’ को सामना गर्न नसक्ने चेतावनी दिइरहनुभएको छ । यस्तो अवस्थामा इरान प्रत्यक्ष रूपमा संलग्न हुनसक्ने द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनबाट बाइडेनले रोक्न खोज्न हुने अपेक्षा गरिएको छ । 

विषयसँग परिचित स्रोतका अनुसार बाइडेनले सात हप्तापछि पहिलो पटक बुधबार नेतान्याहूसँग कुरा गर्नुहुनेछ । गत साता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरेलको प्रतिक्रिया एजेन्डामा उच्च प्राथमिकतामा रहने अपेक्षा गरिएको छ । 

बाइडेनले ठूलो प्रतिशोधको जोखिम निम्त्याउन सक्ने इरानको आणविक कार्यक्रममाथि आक्रमण गर्ने प्रयास नगर्न इजरेललाई सावधान गराउनुभएको छ । साथै उनले विश्व कच्चा तेलको मूल्य बढाउन सक्ने इरानका तेल प्रतिष्ठानहरूमा हुनसक्ने आक्रमणको पनि विरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ