arrow

दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर दसैँमा पनि खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
sipridi-tata-service-center-dashain.jpg

काठमाडौँ। चाडपर्वको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ। साथै टाटा मोटर्सले आफ्ना देश भरिको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुई वटा सर्भिस सेन्टरहरू खुल्ला हुनेछन्। जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरू मार्फत ब्रेक डाउन सर्भिस प्रदान गरिनेछ। बाटोमा रोड साइड  सेवाका लागि हटलाइन टोल फ्री नं.१६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

निःशुल्क चार्जिङ्ग एक्प्रेस टिम लागु हुने छैन। सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरू रहेका छन् । थप चार्जिङ्ग नेटवर्कको जानकारीको लागि - https://tatacars.sipradi.com.np/vehicle/charginglocation



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ