arrow

सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेमा बाढी पीडित दुई सय घरपरिवारलाई राहत वितरण (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
sipradi-csr-kavre-flood-donate.jpg

काभ्रेपलान्चोक। सिप्रदी ग्रुपको सामाजिक उत्तरदायित्व अन्तर्गत सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ का बाढी पीडित २०० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।

बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, पनौती वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसी, सिप्रदीयन सहायता संस्थाकी सह अध्यक्ष निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेश प्रसाद गिरी, सह सचिव शारदा राणा, र सिप्रदी अटो पार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीको उपस्थितिमा राहत सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।

प्रत्येक घरपरिवारलाई सिरक, डसना, सिरानी, तन्ना, झूल, म्याट्रेस, खाना पकाउने कूकर, थाल, कराइ, जग, बाल्टिन र पनियो वितरण गरिएको थियो। बाढीबाट प्रभावित परिवारहरूको जीवनयापनमा सहयोग पुर्‍याउन यो राहत कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ।

सिप्रदीयन सहायता संस्था विगतदेखि नै विपत्तिपीडित समुदायहरूलाई सहयोग गर्दै आएको छ, र यस राहत कार्यक्रममा संस्थाको सक्रिय सहभागिता देखिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ