arrow

फूलपातीमा सेनाको बढाइँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
phupati-badai-2081.jpg

काठमाडौँ । नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौँस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । 

सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ