arrow

दशैँ घरमा भित्र्याइयो फूलपाती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
phulpati-2081.jpg

काठमाडौँ । हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । बिहीबार नेपालीहरूको महान् चाड वडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो । 

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपराह्न दशैँ घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमान ढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । 

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो ।

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ