arrow

राजेशमानले कांग्रेस नेता लामिछानेमाथि दुर्व्यवहार गरेको घटनाको पाँचौँ दिन, न्याय नपाउँदा पीडित सडकमै

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८१ असोज २५ शुक्रबार
rajeshman-hariom-lamichhane.jpg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रत्यक्ष निर्देशनमा नेपाली कांग्रेस वडा नं १७ का बुथ सभापति शिवओम लामिछानेलाई लछार पछार गरेको घटनाको पाँचौँ दिन पनि स्थानीय निकायबाट कुनै सुनुवाइ नभएपछि अलौंबासी धर्नामा बसेका छन् । 

संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्रबहादुर अमात्य, सुरेन्द्र चौधरी र अजय द्विवेदी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवं वीरगञ्ज  महानगरका पूर्व मेयर विजय सरावगी लगायतका प्रायः नेताहरु धर्नास्थलमा पुगेर शिवओम लामिछाने परिवारमाथि सहानुभूति प्रकट गरिसकेका छन् ।

शिवओम लामिछाने मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीका भिनाजु हुन् । भिनाजु शिवओम र भान्जा सुदर्शन लामिछानेको टाउको फुटेर ६ वटा टाँका लागेको छ । आफ्नो परिवारजनमाथि भएको अन्यायलाई उचित व्यवस्थापन नगरेकामा क्षेत्रीको आलोचना शुरू भएको छ ।

अरूको छोरीलाई आफ्नो छोरी बनाई कीर्ते नागरिकता प्रकरणमा स्थानीय प्रहरी प्रशासनले कारबाही अघि नबढाएको भन्दै जुलुस प्रर्दशन गर्दा मेयर राजेशमान सिंहकै निर्देशनमा उनका कार्यकर्ताले नेविसंघ पर्साका अध्यक्ष ई. रमेश यादवको नाक भाँचिएको र एक महिना काठमाडौँमा बसेर उपचार गराएको सन्दर्भमा पनि नेपाली कांग्रेस पर्साले कुनै ठोस अडान लिएन । जुलुश प्रदर्शन गरी प्रजिअलाई ज्ञापन दिएर कर्मकाण्ड पुरा गर्यो ।

सम्पूर्ण देशवासीले दशैँ मनाइरहँदा जेष्ठ नागरिक र पुराना कांग्रेसी नेताको एक परिवार र अलौंबासीहरु न्यायको लागि सडकमा बसेका छन्छ । मधेस प्रदेशमा सरकार र संघमा पनि कांग्रेस सम्मिलित सरकार छ। 

संघीय सरकारमा गृहमन्त्री रमेश लेखक विराजमान भए पनि उनले एउटा वृद्ध कांग्रेसीलाई न्याय दिन नसकेकोमा पर्सामा कांग्रेसीहरुको वर्तमान सरकारसँग मोह भङ्ग हुन थालेको छ ।

पर्साका केही कांग्रेसी नेताहरुले नै राजेशमानको दानापानी खाएको आरोप लाग्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ