arrow

सन्तोषीले जितिन् मिसेस युनिभर्स करिज्मा उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
santoshi-karki-miss-univers.jpg

काठमाडौँ । मिसेस नेपाल युनिभर्स सन्तोषी कार्कीले ४७ औँ मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण उपाधि हासिल गरेकी छिन् ।

बिहीबार दक्षिण कोरियाको इन्छनमा भएको मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले ‘मिसेस युनिभर्स करिज्मा’ सब टाइटल हासिल गरेकी हुन् ।

आफूले हासिल गरेको यो उपाधिलाई अर्को एउटा सफलताको रुपमा लिएको सन्तोषीले बताएकी छिन् । बेलायतमा बस्दै आएकी सन्तोषी मिसेस युनिभर्सको ग्रान्ड फिनाले सकेर बिहीबारै राति बेलायत फर्किएकी छिन् ।

लन्डन फेशन हाउसले आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट मिसेस नेपाल युनिभर्स २०२४ को ताज चुमेकी सन्तोषी नेपालबाट अघिल्लो बिहीबार मिसेस युनिभर्समा गएकी थिइन् ।

'यसपटकको मिसेस युनिभर्समा मैले नेपाललाई चिनाउने र एउटा सबटाइटल पनि जित्ने अवसर पाएँ । कार्यक्रममा धेरै कुराहरु सिक्ने अवसर पनि मिल्यो’, उनले भनिन् ।

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ बेलायतकी महासचिवसमेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहँदै आएकी छिन् । उनी ८ वर्षका छोराकी आमा पनि हुन् । लन्डनको एक विश्वविद्या लयमा प्रध्यापनसमेत गरिरहेकी सन्तोषीले  लन्डनमै रेष्टुरेन्ट व्यवसायसमेत सञ्चालन गर्दै आएकी छिन् ।

मिसेस नेपाल युनिभर्सकी आयोजक मनिषा डंगोल श्रेष्ठले पनि सन्तोषीको यो सफलताप्रति खुसी व्यक्त गरेकी छिन् । ‘थुप्रै देशका महिलाहरु मिसेस युनिभर्सबाट खलीहात फर्कनु परेको अबस्थामा सन्तोषीले एउटा उपाधि जित्नु पनि हाम्रो लागि खुशीको कुरा हो’ मनिषाले भनिन् ।

अघिल्लो शुक्रबारबाट एक साता भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरुले भाग लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ