arrow

हाइड्रोलिक सिस्टम फेल भएपछि एक सय ४१ यात्रु सवार एयर इन्डिया जहाजलाई आपतकालीन अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
Air-India.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । हाइड्रोलिक सिस्टम फेल भएपछि एक सय ४१ यात्रु सवार एयर इन्डियाको जहाजलाई आपतकालीन अवतरण गराइएको छ । 

तिरुचल्लापल्लीबाट शारजहाँ जाँदै गरेको जहाजको हाइड्रोलिक सिस्टम फेल भएपछि करीव २ घण्टा आकाश चक्कर काटेको जहाजलाई सुरक्षित इमरजेन्सी ल्यान्डिङ गरिएको हो । 

शुक्रबार साँझा स्थानीय समयअनुसार ५ः४० बजे उडान भरेको जहाजलाई राति ८ः१५ बजेमात्र सुरक्षित अवतरण गराइएको थियो । 

उक्त जहाजमा १४१ यात्रु तथा अन्य जहाजका सदस्यहरु सवार रहेका थिए । जनाइएअनुसार पाइलटले जहाजको इन्धन कम गर्नका लागि आकाशमा चक्कर लगाइरहेका थिए । 

नागरिक उड्डयन मन्त्रालयले त्रिचीबाट शारजहाँ गएको उक्त जहाजको अवतरण त्रिचीमै गरिएको हो । 

एयरपोर्टमा पाइलटका तर्फबाट आपतकालीन म्यासेज आएपछि दमकल, एम्बुलेन्स लगायत उद्धार टिम तैनाथ राखिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ