arrow

राजेशमान विरुद्धको पाँच दिनदेखिको आन्दोलन माफी मागेपछि टुंगियो

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ असोज २५ शुक्रबार
rajeshman-shing-shibaom-shing.jpg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माफी मागेपछि नेपाली कांग्रेसले पाँच दिनदेखि थालेको धर्ना स्थगित भएको छ । 

शुक्रबार बेलुका प्रजिअ दिनेशसागर भुषाल, एसपी कुमुद ढुंगेल र पीडित परिवारको उपस्थितिमा मेयर सिंहले 'हात जोडेर काका गल्ती भयो माफ गरिदिनुस्' भनेर भनेपछि बुबाले माफ गरेको उनका छोरा रोशन लामिछानेले हाम्राकुरालाई बताए । 

खासमा नेपाली कांग्रेसको गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयर बनेका राजेशमान सिंह कांग्रेस पर्साको लागि अभिषाप नै बनेको कांग्रेसीहरु बताउँछन् ।

नेपालीहरुको महान् चाड दशैँ चलिरहँद नगरवासीहरुको सेवा सुविधालाई ध्यान दिनु पर्ने मेयर सिंहले सोमबार बिहान आफ्नो बुबा समान उमेर भएका कांग्रेस पर्साका पुराना नेता वडा नं १७ का बुथ सभापति शिवओमबहादुर लामिछानेको एक्कासी कठालो समातेर लछार पछार गर्न खोजेका थिए । 

लामिछानेका छोरा सुदर्शन लामिछानेले प्रतिकार गर्न खोज्दा मेयर सिंहसँगै रहेका नगर प्रहरीहरुले सुदर्शनलाई कुटपिट गरी गाडीमा राखेर अपहरणको शैलीमा भागेका थिए ।

पानीको कुलो सम्बन्धी विवाद बढेको र मेयरले कठालो समातेपछि आफूले पनि मेयरको कठालो समातेको शिवओम लामिछानेको भनाइ छ । उनीमाथि कारबाहीका लागि उजुरी दर्ता गरे पनि कुनै सुनुवाइ नभएपछि कांग्रेस धर्नामा बसेको थियो । 

अन्त्यमा राजेशमानले माफी मागेपछि यति दुःख गरेर थालेको धर्ना सकिएको छ । यसले राजेशमानको गलत प्रवृत्ति अझ बढ्ने कांग्रेसी बुद्दिजीवीहरु बताउँछन् । 

अर्काको श्रीमतीलाई आफ्नो नक्कली श्रीमती बनाई उनकी छोरीलाई नागरिकता दिलाएकोमा कारबाहीको माग गर्दै निकालिएको जुलुशमाथि मेयर सिंहका व्यक्तिले  आक्रमण गर्दा नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवको नाक भाँचिएको र उनको उपचार राजधानी काठमाडौँमा गराइएको थियो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहमद सहाबुद्दिनले मेयर राजेशमान सिंहको गुण्डागर्दीले सीमा नाघेको भएता पनि सरोकारवाला सबै चुप भएर बसेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ