arrow

एकैदिन तोलाको १४ सयले बढेर सुन पुग्यो एक लाख साठी हजार पाँच सय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । बडादशैँको बिदा सकिएकै दिन सुनचाँदीको मूल्य आकासिएको छ । दशैँको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । 

चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ