arrow

अध्यक्ष ढकाल भन्छन् – कोरला नाकाबाट नेपालले दुवै देशबाट फाइदा लिन सक्छ, उच्च प्राथमिकतामा राखौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
chandra-dhakal-corola-borde.jpg

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । 

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कोरला नाका नेपालको लागि महत्वपूर्ण नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताए । 

कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गरे । उनले सडक पूर्वाधारको हिसाबले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभूत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गरे । उनले अधिकांश सडकहरु पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताए । 

उनले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गरे ।  

उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताए । 

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताए । 

नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसाबले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिन सक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ