arrow

साइबर अपराधमा २३० चिनियाँ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
srilanka-flag.jpg

काठमाडौं। श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।


विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको बताए । उनले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिए ।

“उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्”, हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भने ।

कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो ।

“ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्”, दूतावासले वक्तव्यमार्फत भनेको छ, “स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।”

सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।

श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलङ्का दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो ।

दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । “चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ”, विज्ञप्तिमा भनिएको छ ।

जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ