arrow

दशैँको बिदापछि दुई दिनमा २७ सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनचाँदीको मूल्य फेरि पनि बढेको छ । दशैँको बिदापछि मंगलबार १४ सयले बढेको सुन बुधबार तोलामा १३ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । 

आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ