arrow

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
chandra-dhakal-81-6-30.jpg

स्याङजा  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए । 

उनले भने, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु  लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पूँजीको कुनै समस्या हुँदैन ।"

अध्यक्ष ढकालले भने, "यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।"

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून संशोधन गरेको जानकारी गराए । 

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको उनले जानकारी गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ