arrow

ह्वात्तै बढ्यो भारतको खुद्रा मुद्रास्फीति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
inflation.jpg.jpeg

काठमाडौँ । भारतको खुद्रा मुद्रास्फीति सेप्टेम्बरमा बढेर ९ महिनाकै उच्च ५.४९ पुगेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४९ प्रतिशत रहेको छ । 

अगस्तमा सूचकांक ३.६५ प्रतिशत थियो । खाद्य मुद्रास्फीति अगस्तमा ५.६६ प्रतिशतबाट सेप्टेम्बरमा बढेर ९।२४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ