arrow

नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
t20-nepal-usa-24-10-18.jpg

काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा  नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ । 

अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । 

 नेपाल एक खेल अघि नै श्रृ‌ंखला जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । तीन खेलको टी-२० श्रृ‌ंखलामा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ