arrow

रहेनन् पर्यटन व्यवसायी वसन्त मिश्र, डेंगीले लियो ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
basantaraj-mishra-tourism-o.jpg

काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । 

मिश्र केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ