arrow

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
pani ko foroa pokhara.jpg
तस्बिर : विजय नेपाल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ । 

प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्रप्रसाद बुर्लाकोटीले जानकारी दिए । 

रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै  । पार्टीले निरन्तर आन्दोलन जारी राख्ने जनाएको छ । 

सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएसँगै देशभरका नेता तथा कार्यकर्ता पोखरा आएका छन् । उनीहरुको व्यवस्थापन पार्टीको जिल्ला र गण्डकी प्रदेश समितिले गरिरहेको छ । पार्टीका करिब पाँच सय कार्यकर्ता कास्की बाहिरबाट पोखरा आएको दावी गरिएको छ । 

विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता, शुभेच्छुक पोखरा आउनेक्रम जारी रहेको नेता बुर्लाकोटीले बताए । पार्टीको निर्देशनमा नभई स्वतःस्फूर्त रूपमा कार्यकर्ता पोखरा आएको उनको दावी छ । 

रास्वपाले पटकपटक न्यायिक प्रक्रियामा सघाउन तयार रहेको जनाए पनि दवावमूलक कार्यक्रम निरन्तर गरिरहेको छ ।

शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आज शहीदचोकमा निषेधाज्ञा नै तोडेर प्रदर्शन गरिरहेको छ । उनीहरुले सरकारबिरुद्ध चर्का नारा घन्काएका छन् ।  

लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको र प्रक्रिया हेरेर पार्टीले थप कार्यक्रम ल्याउँने बुर्लाकोटीले बताए । 

भ्रष्टाचारीहरूको सरकार अन्त्य नभएसम्म आन्दोलन जारी रहने उनले उद्घोष गरे । एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेसका उपसभापति धनराज गुरुङलाई छानबिनको दायरामा नल्याएकोप्रति पनि उनले आपत्ति जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ