arrow

सुनमा कीर्तिमान, तोलाको एक लाख ६५ हजार छ सय, चाँदी पनि शिखरमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । 

आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ