arrow

सहकारी ठगीमा पक्राउ परेका रविलाई बचाउन रास्वपाको पोखरामा प्रदर्शन जारी, यातायात प्रभावित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
rsp-agitation-pokhara-81-7-5.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले प्रदर्शन जारी राखेका हुन् ।

रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि चिप्लेढुंगा, महेन्द्रपुल हुँदै मानवअधिकार चोकतर्फ गएका छन् । 

आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ । प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ ।

यसअघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो । 

प्रहरीले गत शुक्रबार सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।

उनको पक्राउलाई लिएर रास्वपाले विरोध गरेको छ । उसले रविलाई पक्राउ गर्नु अहिलेको सरकारको प्रतिशोध भएको दाबी गरेको छ । 

तर लाखौँ नेपालीहरु जोडिएको सहकारी ठगी आरोपमा १६ सय जना पक्राउ परी थुनामा रहँदा एक जना रवि पनि थपिएको र यो नौलो नभएको प्रतिक्रिया पनि आइरहेको छ । 

विधिको शासन भएको मुलुकमा गल्ती गर्नेले सजाय भोग्नुपर्छ भन्ने आवाज उठिरहँदा रविले भने केपी शर्मा ओली नेतृत्वको सरकार नढलुन्जेल सडक नछाड्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ