arrow

नागरिक समाजको ठाउँ साँघुरिँदैछ, निरङ्कुश झाँगिँदैछ - कल्याण श्रेष्ठ [भिडियो]

नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि नराम्रो सूचक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
kalyan-shrestha-07-05.jpg

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिँदै गएको बताएका छन् । सोमबार ‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिँदै गएको बताए । 

उनले जनताहरू सङ्गठित हुन पाउने उनीहरूको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्रसङ्घले समेत स्थान दिएको बताए । उनले नागरिक समाजको ठाउँहरूलाई साँघुरो पार्नु नहुने बताए । उनले नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सूचक नभएको बताए । 

उनले भने – ‘बहुदलीय व्यवस्थामा छौँ । राजनीतिक पार्टी चाहिन्छ भन्ने कुरामा विवाद भएन । तर जनतासँग कुरा गर्ने राजनीतिक पार्टीले मात्रै हो ? अरूले कुरा गर्न पाउँदैनन् ? जनताले अरू तरिकाले सङ्गठित हुन पाउँदैनन् । जनताहरू सङ्गठित हुने उनीहरूको अधिकार हो । नागरिक समाजलाई युएनले स्पेस दिएको छ । नागरिक समाजको स्पेसलाई साँघुरो पार्नु हुँदैन । यो स्पेसलाई संसारले मानेको हो । नागरिक समाजको स्पेस हामीकहाँ साँघुरिँदै गएको छ । नागरिक समाज साँघुरिनुको मतलब हुन्छ निरङ्कुश झाँगिँदै छ । संसारमा निरङ्कुश बढ्दै जाँदा यसको स्पेस साँघुरिँदै गएको प्रवृत्ति बुझ्न सकिन्छ । मलाई लाग्दैन यो प्रजातन्त्रको लागि राम्रो सूचक हो । नियमन गर्न पाइन्छ नियन्त्रण गर्न पाइँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ