arrow

ओलीले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरेको आरोप

आफ्नो भ्रष्टाचारीलाई च्यापेको छ अनि अर्को भ्रष्टाचारीलाई लगेर तर्साएको छ - बाबुराम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
baburam-bhattrai-07-06.jpg

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायतका काण्डहरूमा ठुला दलका सबैजसो नेताहरू संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगाउने काम गरेको उनको जिकिर थियो । 

सोमबारबाट पोखरामा शुरु भएको पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले सबै दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको तर्क गरे । राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्ति र शक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने खालको संस्था नबनाई मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नहुने भट्टराईले बताए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा मुखले भनेर मात्रै नहुने पनि दोहोर्‍याए । 

अध्यक्ष भट्टराईले भने, ‘आफ्नो भ्रष्टाचारीलाई च्यापेको छ अनि अर्को भ्रष्टाचारीलाई लगेर तर्साएको छ । अनि म सुशासन कायम गर्ने भनेर कुर्लिराखेको छ । भ्रष्टाचारी यिनै हुन् । चाहे बुढिगण्डकी आयोजना भन्नुस्, चाहे ओम्नी काण्ड भन्नुस् । चाहे भुटानी शरणार्थी काण्ड भन्नुहोस् । चाहे सहकारी काण्ड भन्नुहोस् । यसमा सबै दलहरू मुछिएका छन् । अब यो समस्या हल गर्नको निम्ति हामीले बेग्लै संस्था चाहिन्छ भनेर शुरुदेखि नै भनेका छौं । यस्तो संस्था बनोस्, जसले देशको राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैलाई अभियोजन गरेर मुद्दा लगाएर त्यसलाई कारबाही गर्न सकोस् भन्ने हाम्रो शुरुदेखिको माग छ त । संस्थाले भ्रष्टाचार नियन्त्रण गर्छ भनेका छौँ हामीले । तर अहिले तमासा भइराखेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ