arrow

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू अब इटहरीमा, के छन् त अफर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
sipradi-tata-ace-ev-itahari-showroom-2081-2.jpg

काठमाडौँ। नेपालको लागि टाटा मोटर्सको एक मात्रै आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले कोसी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ। दसैँ–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरूको खुसीयालीको सारथिकै रूपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक–फरक रहेको छ। ग्राहकहरूले एसीइभी फ्ल्याटबेड रु.२१,९९,०००। (एक्काइस लाख उनानसय हजार) नेपाली रुपैयाँ पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि रु.२२,७९,०००। (बाइस लाख उन्नासी हजार) मा उपलब्ध गराउन सकिने टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले जनाएको छ।

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरूमा रु.५०,०००। (पचास हजार ) सम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ। यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बिमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेन्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ।

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासङ्घका कोसी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य सङ्घ, इटहरीका महासचिव पीताम्बर पोख्रेल, नेपाल वितरक महासङ्घ कोसी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरू लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका सहायक महाप्रबन्धक दिवश बाबु सुबेदी विद्युतीय गाडीहरूको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरू सुरक्षित देखिएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ