arrow

टाटा मोटर्सको दसैँमा ७५१ गाडी डेलिभरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
sipradi-tata-dashain-delivery-(4).jpg

काठमाडौँ। यो दसैँमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ।

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दसैँमा ३७७ युनिट डेलिभरी भएको छ। सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभिमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले बताउनुहुन्छ । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ।

टाटाको पन्च इभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो।  यो दसैँमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ। विशेषगरि महिलाहरू र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको टियागो इभिको पनि यो दसैँमा उत्साहजनक रूपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ।

यो दसैँमा एक्प्रेस–टिको पनि राम्रो सङ्ख्यामा डेलिभरी भएको छ। एक्प्रेस–टिको १५६ डेलिभरी भए सँगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कारहरू डेलिभरी गरेको छ।

यसको साथै दसैँको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ। साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुई वटा सर्भिस सेन्टरहरू खुल्ला हुनेछन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरू मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोड साइड  सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ । 
निःशुल्क चार्जिङ्ग एक्प्रेस टिमा लागु हुने छैन।

सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरू रहेका छन् । थप चार्जिङ्ग नेटवर्कको जानकारीको लागि –  https://tatacars.sipradi.com.np/vehicle/charginglocation



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ