arrow

रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
manish-jha-rsp-pokhara.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।

युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० ) को उपदफा (४) बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिबानाको माग गर्दै जिल्ला  प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दीसमेत जारी गरेकाले सो कार्य मुलुकी अपराध संहिता विपरीत भएको उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ