arrow

क्लब स्तरीय क्रिकेट प्रतियोगिताबाट बाहिरियो गण्डकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
cricket-pokhara-gandaki.jpg

पोखरा । पोखरामा जारी एक दिवसीय क्लब स्तरीय क्रिकेट प्रतियोगिताबाट गण्डकी प्रदेश बाहिरिएको छ । मंगलबार भएको प्रतिस्पर्धामा अरण्यज्योतीसँग पराजित भएर अंक विहीन हुँदै गण्डकी बाहिरिएको हो ।

समूह सितर्फको खेलमा टस जिटेर ब्याटिङ गरेको अरण्यज्योतीले ३८दशमलव६ ओभरमा १३६ बनाएको थियो । १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०दशमलव४ ओभरमा ७९ रनमै अलआउट हुन पुग्यो ।

गण्डकीका लागि ओपनर सिद्धान्त गिरीले २२ रन र अजय रामले १९ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन् । यस्तै विवेक अधिकारी २, सम्राट अधिकारी १, दिपक माझी १, श्री राम २ र विमोचन सापकोटा, सौरभ शर्मा र सुस्मानी गौतम शून्यमै पेभेलियन फर्किए ।

अरण्यज्योतीका लागि सोमबहादुर थापाले सर्वाधिक ४ तथा प्रविण पौडेलले ३ विकेट लिए । अब्दुल मिया, प्रदिप पौडेल र कल्याण कुमालले १/१ विकेट लिए ।

यता अरण्यज्योतीका लागि सुलभ सुवेदीले ४० रनको उत्कृष्ट पारी खेले । यस्तै ओपनर कल्याण कुमाल ८, अंकित गजुरेल १०, प्रविण पौडेल २३, प्रदिप पौडेल २०, सन्देश निउरे ३, धन्जु यादव ८, प्रिजन श्रेष्ठल ८, सोमबहादुर थापा १ र अब्दुल मिया ८ रनमा आउट भए भने प्रसानी अधिकारी ७ रनमा नटआउट रहे ।

गण्डकीका लागि सिद्धान्त गिरीले सर्वाधिक ४, अजय राम र सुमन अधिकारीले २/२ तथा विमोचन सापकोटा र सुस्मान गौतमले १/१ विकेट लिए ।

समूह सिमा अरण्यज्योती र राइजिङ पोखराको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुबै टिमको १/१ खेलबाट समान २ अंक छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएकाे प्रतियोगितामा ९ क्लब सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ