arrow

एक दिवसीय अभ्यास खेलमा नेपाल अमेरिका एसँग नेपाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
sandeep-usa-practice-.jpg

काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको एक दिवसीय अभ्यास खेलमा पराजित भएको छ ।

गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । 

जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो ।

यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् ।

आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ