arrow

एकैदिन आठ सयले बढेर सुन तोलाको पुग्यो एक लाख ६६ हजार सात सय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ। सुनको मूल्य बढ्ने क्रम बुधबार पनि जारी रहेको छ । सुनको मूल्यले बुधबार नयाँ कीर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो  ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ