arrow

सहकारी ठगी प्रकरण

रविको बयान जारी, अनुसन्धान प्रभावित गर्न रास्वपाको पोखरा केन्द्रित प्रदर्शन कायमै

स्थानीयको साथ नपाएपछि नेताहरू घरघरमा पुगेर बोलाए सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
ravi-arrest-pokhara-81-7.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पोखरा केन्द्रित सडक आन्दोलन जारी रहेको छ । बुधबार पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको हो ।

लामिछानेलाई गत शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष बयान चलिरहेको छ । 

रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन गरिरहेको हो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमीदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ ।

यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

उपसभापति डा स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर–घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ