arrow

सहकारी ठगी प्रकरण

दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता हो – विश्वप्रकाश शर्मा

‘कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ, अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
bishwaprakash-sharma-06-28.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको झहसाई नगर्न सुझाव दिएका हुन् । 

उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानून बमोजिम कारबाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नु संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसका दुई चार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ । स्पष्ट हौँ, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो ।

रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-प्रचलित कानून बमोजिम कारबाही गर्नुस् । तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?

प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?

अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु ।

निस्चयनै लोभ र डरले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ