arrow

क्लब स्तरीय एक दिवसीय क्रिकेटमा समूह विजेता बन्दै पोखरा सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
cricket-pokhara-kaski.jpg

पोखरा । गत संस्करणको विजेता सांग्रिलालाई ११ रनले हराउँदै पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेटमा पोखराले सांग्रिलामाथि रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

पोखरा समूहको विजेता बन्दै अन्तिम चारमा पुगेको हो । टस जितेर ब्याटिङ गरेको पोखरा २७दशमलव१ ओभरमा ८० रनमै अलआउट हुन पुग्यो । ८१ रनको लक्ष्य पाएर ब्याटिङमा आएको सांग्रिला १३दशमलव५ ओभरमा ६९ रनमै अलआउट भयो ।

सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले ३५ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शून्यमै पेभिलियन फर्किए । पोखराका लागि सुवास भण्डारी र देव शाहले ४/४ र अनिश खड्काले १ विकेट लिए ।

त्यसअघि पोखराका ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवास भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भए भने देव शाह र सागर भुजेल शून्य रनमै पेभिलियन फर्किए ।

सांग्रिलाका लागि भुवन रेग्मीले ३, सिब्रिन श्रेष्ठ र सुदिप पौडेलले २/२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १/१ विकेट लिए । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार कास्की र माछापुच्छ्रे भिड्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ