arrow

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
rocket-korea.jpg

काठमाडौँ । चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ ।

याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान ९:०९ बजे (बेइजिङ समय) दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको र पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको थियो ।

तिनीहरू मुख्यतया कम–कक्षा तारामण्डलहरूका लागि नयाँ प्रविधिहरूमा परीक्षणहरूको लागि प्रयोग गरिनेछ । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५४२ औँ उडान अभियान थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ