arrow

जनजाति महासंघको नेतृत्व काँग्रेस निकट जगत बरामको पोल्टामा

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
janajati.jpeg
चितवन । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व जगत बरामले सम्हालेका छन् । चितवनको नारायणगढमा भएको महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम निर्वाचित भएका हुन् । मंगलबार राति भएको निर्वाचनमा ३१ मत ल्याउँदै नेपाली काँग्रेस निकट बराम अध्यक्षमा निर्वाचित भएका हुन् । बरामले प्रत्यासी सूर्य भुजेललाई ८ मतले पराजित गरे । एमाले निकटका भुजेलले २३ मत प्राप्त गरे । 
 
बरामलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । 
 
यस्तै उपाध्यक्षमा खुल्लातर्फ किरण सुनुवार ३३, गोविन्द छन्त्याल २८, लोकबहादुर दुरा २७, गणेशलाल थकाली २६, नविन रोका मगर २६, सोनाम लामा वालुङ २४ र श्यामप्रसाद मण्डल २३ मतसहित विजयी भए । 
 
महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन ३६ मतका साथ विजयी भइन् । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।
 
यसैगरी महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया ३७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी टासी ह्याल्मोले १५ मत मात्रै ल्याए ।
 
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा ३२, गोपाल माझी २६, दानसिंह राउटे २२, सुखवीर थानी २१ र राजकुमार बोटे २० मत ल्याई विजयी भए । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।
 
महिला सचिवहरुमा श्रतिमाया कुमाल ३९,  शान्तिदेवी धिमाल ३५, सकुमती राजवंशी ३३ तथा लाक्पा हिले शेर्पा ३० मत प्राप्त गरी विजयी भए ।
 
त्यसैगरी कोषाध्यक्षमा मुकुन्द बहादुर पहारी ३८ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी प्रेमीलालप्रसाद चौधरीले १५ मत मात्रै प्राप्त गरे ।
 
निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । निर्वाचित कार्यसमितिलाई बुधबार बिहानै सपथ ग्रहण गराइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ