arrow

युरोपा लिगमा चेल्सीको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
europa-league-chelsea-24.jpg

काठमाडौँ । चेल्सीले यूईएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रिक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए ।

चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो । यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ