arrow

डेनिला बनिन् मिसेस नेपाल वर्ल्ड २०२४

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
mrs-nepal-2024.jpg

काठमाडौँ । विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन् ।

शनिबार बेलुकी प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा बहुचर्चित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा कार्की विजेता बनेकी हुन् । 

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गरेकी छिन् ।

सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनर अप घोषित भएकी छिन् । पब्लिक च्वाइसमा माया लामा परेकी छिन् भने भ्युवर च्वाइस विनर नानु सिंहले जितिन् ।

विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरियो । 

जसमा माया लामाले पब्लिक च्वाइस, फेसबुक च्वाइसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाइस, मोष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाइस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकोन, सुसिला केसी दाहालले मोष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरे । त्यसैगरी भिअर चोइस, मोस्ट टयालेन्टेट, मल्टिमेडिया चोइसको टाइटल नानु सिंह घोषित भएकी छिन् ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा चर्चित कोरियोग्राफर अश्वनी झाले कोरियोग्राफी गरेका थिए । 

रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाले प्रतियोगिता भव्यता पूवक सम्पन्न भएको बताउँदै अगामी संस्करण अझ यो भन्दा भव्य हुने प्रतिबद्धता व्यक्त गरे  ।

यो प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्करराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हाँस्य अभिनेता केदारप्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ