arrow

गृहमन्त्री लेखक भन्छन् – गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
ramesh-lekhak-81-7-11.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनि बनाएको बताएका हुन् । 

‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ’, उनले भने, ‘गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए । 'त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ', उनले भने । 

यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानून संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । 

‘तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानून संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्', उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ