काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकमले बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनालाइसिस मेसन लिमिटेड युकेसँग साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा बुधबार सम्झौता गरेको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र मेसनको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरे। उक्त संस्थाले नेपाल टेलिकमको डियु डेलिगेन्स तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिने टेलिकमले जनाएको छ ।