arrow

सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छ- सहकारी मन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
balarams.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्न नसकिने बताएका छन् । मन्त्री अधिकारीले सहकारी नियमन र सुपरिवेक्षणका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने निष्कर्षमा आफूहरू पुगेको बताए । 

आइतबार ललितपुरमा एक कार्यक्रममा बोल्दै उनले विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरणहरूले सरकारलाई अप्ठ्यारोमा पार्ने गरेको दृष्टान्तलाई मध्यनजर राखेर सरकारले सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने टुङ्गोमा पुग्नुपरेको पनि स्पष्ट पारे । मन्त्री अधिकारीले सो प्राधिकरण गठनसम्बन्धी प्रस्ताव केही दिनभित्रै मन्त्रीपरिषद्मा पेस गर्न लागिएको पनि जानकारी दिए । 

उनले भने, ‘अब प्राधिकरणहरूको अवस्था पनि हेरिएको छ । विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरणलगायतका विभिन्न प्राधिकरणहरू छन् । यिनले गरेका कार्यशैली, सरकार र यिनमा भएका भिन्नता र अप्ठ्यारा यसलाई पनि मध्यनजर राखेर अगाडि जानुपर्छ । त्यसकारण छुट्टै प्राधिकरण बनाउने कुरा भन्दा सरकार नियन्त्रित प्राधिकरण बनाउनुपर्छ भन्ने भन्ने कुराको टुङ्गोमा हाम्रो मन्त्रालय पुगेको छ ।’ 

मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि एकीकृत खालको सुझाव दिन पनि सम्बन्धित पक्षलाई सचेत गराए । उनले सहकारी मुलुकको आर्थिक क्षेत्रको विकासको मूल्य खम्बा भए पनि यसलाई केहीले खराब नियतका साथ बदनाम गराउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ