arrow

सृष्टि खड्काले जितिन् मिस पोखराको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
miss-pokhara-2024.jpg
Pic: S2 Production

पोखरा । एघारौँ संस्करणको मिस पोखराको उपाधि सृष्टि खड्काले जितेकी छन् । पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा घोषित हुँदै स्कुटर र ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्परसमेत हात पारिन् । खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिर्‍याइदिएकी थिइन् ।

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे ।

रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो

देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनालेमा उतारिएको हो । जसमा १६ प्रतिस्पर्धी र्‍याम्पमा उत्रिएका थिए ।

परिचय राउण्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन् । उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन् ।

मुख्य निर्णायक सुवर्ण क्षत्री, सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ