arrow

इजरायल र हमासबीच युद्धविराम गराउन दोहामा वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
israel-hamas-AFP.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इजरायल र हमासबीच कतारको दोहामा युद्धविरामबारे वार्ता शुरु भएको छ । सीएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विरामबारे वार्ता भइरहेको छ । 

हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो । पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।

यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यसअघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्धकलाई रिहा गर्ने बताएको थियो ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ