arrow

बागलुङ नगरपालिका यूसीएलजी एसिया प्यासिफिकको सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
basanta-shrestha-baglung.jpg

बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ ।

चीनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो ।

बैठकमा सहभागी हुनका लागि चीन पुगेका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन् ।

सदस्य बनेसँगै युसिएलजीसँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नेपालको तर्फबाट यसअघि नगरपालिका महासंघ गाउँपालिका महासंघ, धुलिखेल नगरपालिकालगायतका केही स्थानीय तह सदस्य बनिसकेका छन् ।

यसवर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन् ।

नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालनका युसिएलजीसँग सहकार्यका लागि प्रस्तावना पेश गरिएको बागलुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले जानकरी दिए ।

नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्ने जनाएको छ ।

सदस्यता प्राप्त गरेसँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्ट्रका स्थानिय तहसँग पनि समन्वय र सहकार्य हुने छ ।

युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकार सदस्यका रूपमा छन् ।

संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो ।

यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ । स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ