arrow

राइजिङ पोखरा क्रिकेट क्लब च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
rising-cricket-pokhara.jpg

पोखरा । पोखरामा सम्पन्न क्लब स्तरीय एक दिवसीय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले जितेको छ ।

सोमबार भएको उपाधि भिडन्तमा पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै राइजिङले उपाधि जितेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।

जितका लागि २ सय २५ रनको लक्ष्य पाएको राइजिङले ४१दशमलव२ ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रन बनाउन सफल भयो ।

राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १ सय १ रनको शतकीय पारी खेल्दै नटआउट रहे । उनले १ सय १९ बलमा ८ चौका र २ छक्कासमेत प्रहार गरेका थिए ।

यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिए । नवीन पोख्रेल ५, निर्मल क्षेत्री १६, अश्विन अधिकारी १ रनमा आउट भए । पोखराका लागि देव शाहले ३ तथा अमन सुवेदीले १ विकेट लिए ।

यस्तै पोखराका लागि सुवास भण्डारी ८८ रनको योगदान दिए । उनले १ सय ५ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । ओपनर मुस्कान थापाले ३२ रन जोडे ।

अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिष भण्डारी ४, अनिश खड्का २, ईशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए । अमन सुवेदी २ रनमा नटआउट रहे ।

राइजिङका लागि अञ्जन केसीले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १/१ विकेट लिए ।

प्रतियोगितामा पोखराका सुवास भण्डारी प्लेयर अफ द सिरिज घोषित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ