arrow

निषेधित क्षेत्र तोडेपछि रास्वपाका कार्यकर्ता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
rsp-arrest-81-7-13p.jpg

काठमाडौँ । प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पक्राउ गरेको छ ।

रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्ने क्रममा रहेको छ । 

बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केही कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।

सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रहसमेत गरिरहेको छ ।

रास्वपाले आजको प्रदर्शनमा नारा बाहेक गीत, कविता, ब्यंग्य प्रस्तुत गर्ने तयारी गरे पनि प्रहरीले हस्तक्षेप गरेपछि अब कार्यक्रम कसरी हुन्छ भन्ने स्पष्ट भएको छैन । 

रास्वपाले मध्यान्ह १२ बजेदेखि साढे २ बजेसम्म प्रदर्शन हुने जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ