arrow

सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
ravi-lamichhane-arrest-81-7-4.jpg

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार ८ गतेकास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि बिहीबार कार्तिक १५ गतेदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै अर्थात् कार्तिक २० गते पेश गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमासमेत रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । 

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।

उनीमाथि काठमाडौँ प्रहरीलेसमेत स्वर्णलक्ष्मी सहकारीबाट रकम लिएको र उक्त रकम ठगी गरेको देखिएपछि अनुसन्धान गरिरहेको छ । तिहारपछि काठमाडौँ प्रहरीलेसमेत पक्राउ पुर्जीका लागि अदालत जानेसमेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ