arrow

लोकमान सिंह कार्कीको मुद्दामा सर्वोच्चमा बहस हुँदै, ‘बार डे’ ले समस्या हुन्छ कि !

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
lokman-singh-karki.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा बहस हुँदैछ । अख्तियार प्रमुखको पदका लागि योग्यता नपुगेको भनी उनलाई लागेको आरोपमा बहस हुन लागेको हो । 
 
अधिकारबिहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनी दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । 
 
लामो समयको अन्तरपछि त्यसको पेसी बिहीबारलाई तोकिएको हो । सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरी आदेश जारी गरिसकेको छ ।
 
नेपाल बार एसोसिएसनले भने बिहीबार ‘बार डे’ परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदन बमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।
 
रिट निवेदन दायरकर्ता अधिवक्ता ओमप्रकाश अर्यालले भने नेपाल बारले त्यसरी पत्र पठाएको भए पनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल रोकिन नसक्ने तर्क गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ