arrow

एमाले जातीय विखण्डनको आन्दोलन गरिरहेको छ : गठबन्धन

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
gathabandhan-neta-g-hh.jpeg

काठमाडौं । संविधान संशोधनको माग गरिरहेको संघीय गठबन्धनले एमाले जातीय विखण्डन उन्मुख भएको आरोप लगाएको छ । गठबन्धनको कार्यालय तीनकुनेमा बसकेको बैठकले एमाले जातीय विखण्डनको आन्दोलन गरिरहेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले हाम्राकुरासँग भने, ‘बैठमा अहिले सम्म भएका गतिविधिबारे समिक्षा भयो । संसदको कार्यसूचीमा गइसकेको संविधान संशोधन विधेयक परिमार्जन सहित अघि बढाउन सरकारलाई फेरि आग्रह गर्ने निर्णय भयो ।’

सरकारले विधेयक परिमार्जन गर्नेतिर ध्यान नदिएको गठबन्धन नेताहरुकाे अाराेप छ । अाफुहरुकाे स‌ंघर्ष र मागबारे सबैलाई जानकारी गराउन एक साताभित्रै काठमाडाै‌मा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए । बैठकले स‍ंशाेधनविराेधी आन्दोलनको भत्र्सना गर्दै मुलुकलाई जातीय द्वन्द्वतिर लाने काम नगर्न विपक्षीहरुलाई आग्रह गरेकाे श्रेष्ठको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ